You are viewing the translated version of प्रहरी कर्मचारी खटाउन सकिने.
Section 9
प्रहरी कर्मचारी खटाउन सकिने
(१) दफा ७ बमोजिम समायोजन गर्दा समेत दफा ३ बमोजिम कायम भएको प्रदेश प्रहरीको सङ्गठन संरचना तथा दरबन्दीमा पदपूर्ति गर्न नसकिएमा दफा १६ बमोजिम पुल दरबन्दीमा रहेका प्रहरी कर्मचारीमध्येबाट समान पदको कामकाज गर्ने गरी अवधि तोकी प्रदेश प्रहरीमा खटाउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम प्रहरी कर्मचारीलाई प्रदेश प्रहरीमा खटाउने प्रयोजनको लागि मन्त्रालयले दफा १६ बमोजिम पुल दरबन्दीमा रहेका प्रहरी कर्मचारीको विवरण तयार गर्नेछ।
(३) यस दफा बमोजिम प्रदेश प्रहरीमा खटाइएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको रुपमा कार्यसम्पादन गर्नु पर्नेछ ।
(४) प्रदेश प्रहरी प्रमुख बाहेक यस दफा बमोजिम खटिएको प्रहरी कर्मचारीलाई प्रदेश सरकारको सम्बन्धित निकाय वा अधिकारीले प्रदेशभित्रको एउटा कार्यालय वा निकायबाट अर्को कार्यालय वा निकायको समान पदमा स्थानान्तरण गर्न सक्नेछ।
(५) यस दफा बमोजिम खटिएको प्रहरी कर्मचारीले राजिनामा दिएको, त्यस्तो प्रहरी कर्मचारी नेपाल प्रहरीको दरबन्दीको पदमा बढुवा वा सरुवा भएको वा त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएको कारण त्यस्तो पद रिक्त भएमा प्रदेश सरकारले प्रदेश कानून बमोजिम त्यस्तो रिक्त पद पूर्तिको कारबाही अगाडि बढाउन सक्नेछ ।